सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम ब्याज खान होइनः श्रममन्त्री भण्डारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताए ।

सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रम मन्त्री भण्डारीले यस्तो बताए । उनले सामाजिक सुरक्षाको अवधारणका धेरै मुलुकहरुमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताए ।

उनले कोषमा जम्मा भएको रकम परिचालन विविधिकारण गरेर राष्ट्रिय पुँजीको रुपमा निर्माण गरी राष्ट्र निर्माणको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए । उनले सुरक्षा कोषले लगानीलाई उपयुक्त रुपमा परिचालन गर्ने बताए ।

प्रधानमन्त्रीले अस्थायी र करारका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षामा आवद्ध गराउने प्रतिवद्धताअनुसार काम अन्तिम चरणमा पुगेको बताए।

उनले स्वीकृतिको लागि अर्थतन्त्र मन्त्रालयमा फाइल पठाएको त्यसलाई सरकारले अगाडि बढाएर निश्चित बाटोमा अगाडि बढाउने दाबी गरे ।

उनले श्रम ऐनमा दिएका अधिकारहरु प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने काममा प्रतिवद्ध रहेको बताए ।

उनले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषयमा रहेका कानूनी कमीकमजोरीहरुलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजाने बताए ।


क्लिकमान्डु