सीपबिल्डिङतर्फको कोरियन भाषा परीक्षामा ४ हजार बढी पास



काठमाडौं । सीपबिल्डिङ क्षेत्र तर्फको कोरियन भाषा परीक्षामा ४ हजार ९८ जना पास भएका छन् ।

ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको सूचनाअनुसार परीक्षा दिएकामध्ये ४ हजार ९८ जना नेपाली परीक्षामा पास भएका हुन् । जसमा ३ हजार ९०१ जना पुरुष छन् भने १९७ जना महिला छन् ।

परीक्षाका लागि ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३२ हजार ५०७ जनाले मात्रै परीक्षा दिएका दिएका थिए।

शाखाअनुसार पहिलो चरणको कोरियन भाषा परीक्षाको उत्तीर्ण भएका परीक्षर्थीहरुको दोस्रो चरणको स्किल टेस्ट र कम्पीटेन्सी टेस्टको परीक्षा हुनेछ ।


क्लिकमान्डु