पानीको बोतलमा किरा भेटिएपछि महानगरले तिरायो १ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीमा किरा भेटिएपछि ए एण्ड बि बेभरेज इन्डस्टिज प्रालिलाई कारबाही गरेको छ।
महानगरपालिकाले कागेश्वरी मनोहरास्थित ए एण्ड बि बेभरेज इन्डष्ट्रिज प्रालिलाई १ लाख रुपैयाँ जरिवाना तिराएको हो । महानगरको बजार अनुगमन समितिले पानीको बोतलमा किरा भेटिएपछि उक्त कम्पनीलाई एक लाख रुपैयाँ कारबाही गराएको हो ।
कारबाहीसँगै महानगरपालिकाले उक्त कम्पनीलाई आगामी दिनमा पानीको प्याकिंग गर्दा ध्यान दिन तथा खानेपानी भर्नुअघि अनिवार्य रुपमा निर्मलीकरण गर्नु पर्ने निर्देशन दिएको छ ।
ल्याब परिक्षण निर्देशनअनुसार समय समयमा गरि प्रतिवेदन पानी ढुवानीकर्तालाई समेत उपलब्ध गराउन समेत निर्देशन दिएको निरिक्षण अधिकृत डा. पुजा खनालले जानकारी दिएकी छिन्।