के तपाईं घर बनाउँदै हुनुहुन्छ ? ‘शिवम् सन्देश’ हेर्नुभयो ?



के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छ ? पख्नुस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ ।

एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पूरा गर्न हामी जीवनको ठुलो हिस्सा खर्चन्छौं पनि । वर्षौंको मेहनत र पसिनाले बनाएको घर योजनाअनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ती कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ ।

सपनाको घर निर्माण गर्ने क्रममा दु:खले कमाएको सम्पत्ति  बालुवामा पानी हालेसरी व्यर्थमा खर्च हुन नदिन सही विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले एनएस क्वालिटी अवार्ड २०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ ।

‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौँ टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरुको संग्रह हो । यसमा घर निर्माणअघि निर्माणका योजना बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारी समावेश गरिएको छ ।

घर बनाउने जग्गाको छनोट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के-कस्ता कुरामा विचार पुर्‍याउने ? जस्ता थुप्रै उपयोगी जानकारी समेटिएको ‘शिवम् सन्देश’ले ‘भरोसा अटुट सम्बन्धको’ भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पुर्‍याएको छ ।

भूकम्प र बाढी जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ‘शिवम् सन्देश’मा समेटिएका छन् ।

साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि ‘शिवम् सन्देश’मा समेटिएका छन् ।

सन् २००९ मा मध्यनेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।

निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको ‘शिवम् सन्देश’ उपभोक्ताप्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण भएको कम्पनीको दाबी छ । शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब, र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ ।


क्लिकमान्डु