एमाले सचिव योगेश सवार गाडीमा ढुंगामुढा



ताप्लेजुङ । एमाले सचिवसमेत रहेका प्रतिनिधि सभा सदस्य योगेश भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले उनीमाथि आक्रमण भएको हो ।

सांसद भट्टराई सवार गाडीमा पहिचान पक्षधरले ढुंगामुढा र लाठीले हानेको एमाले ताप्लेजुङले जनाएको छ ।

आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

आक्रमणमा कोही घाइते भने भएका छैनन् ।

यसअघि मध्याह्न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए ।

प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन गरिरहेका छन् । केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओली सवार गाडीमा पनि आक्रमण भएको थियो ।


क्लिकमान्डु