पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, काठमाडौंमा मौसम सफा



काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भेगमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुनुका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिउँ पर्ने विभागले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव ७ र अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहने छ ।


क्लिकमान्डु