भोलि तीनकुनेमा प्रदर्शन गर्छौं, म पनि जान्छु: प्रसाईं
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले शनिबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।
शुक्रबार अपराह्न भक्तपुरस्थित आफ्नै निवासमा पत्रकारसम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए ।
प्रसाईंले तीनकुनेमा गर्ने भने पनि स्थानीय प्रशासनले भने उक्त क्षेत्रका प्रदर्शनका लागि अनुमति नदिएको र यस्ता गैरकानूनी हर्कत काठमाडौंमा नचल्ने चेतावनी दिएको छ ।
सरकारले आफूलाई सुरक्षा दिएको भनेर घरभित्र थुनेर राखेको प्रसाईंले आरोप लगाए । उनले सवै राजनीतिक दलहरु एकतिर रहेको र आफू पक्षधरमात्र अहिले प्रतिपक्ष रहेको बताए ।
प्रसाईंले आफ्ना पक्षका मानिसलाई सरकारले सरकारले पार्टी प्यालेस नजरबन्दमा राखेको र २७ सय जनालाई पक्राउ गरिएको दाबी गरे ।
प्रसाईंले आज(शुक्रबार) पनि तीनकुनेमा प्रदर्शन गर्ने बिहीबार बताएका थिए । तर उनको पक्षमा प्रदर्शन हुन सकेन । प्रदर्शनका लागि पुगेका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।