चुरोट र रक्सीबाट ८४ अर्ब ७५ करोड राजस्व संकलन



काठमाडौं । सरकारले मदिरा र चुरोटबाट ८४ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व विभागले अन्तःशुल्कको शीर्षकगत संकलित विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा चुरोट/रक्सीबाट मात्रै ८४ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

विभागका अनुसार चुरोटबाट २६ अर्ब २२ करोड, मदिराबाट २५ अर्ब ९२ करोड र बियरबाट ३२ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

सरकारले चुरोट तथा मदिरालाई भन्सार बिन्दुमै अन्तःशुल्कमार्फत यस्तो राजस्व लिने गरेको छ । गत वर्ष यस्तो राजस्व चुरोटबाट २४ अर्ब ५६ करोड, मदिराबाट ३० अर्ब ४१ करोड र बियरबाट ३१ करोड रुपैयाँ सकलन भएको थियो ।

मदिराको युपी शक्तिको मात्राअनुसार प्रतिलिटर १२ सय ५० देखि २१ सय २० रुपैयाँसम्म अन्तःशुल्क लाग्छ । चुरोटमा भने फिल्टर नभएको प्रतिएम ७३० रुपैयाँ र फिल्टर भएकाको हकमा भने प्रतिएम १६९० देखि ४०८० रुपैयाँसम्म अन्तःशुल्क लाग्छ ।


क्लिकमान्डु