नेपाली सेनामा २९ सय बढीका लागि रोजगारीको अवसर



काठमाडौं । नेपाली सेनाले २९ सय बढी सैनिकका लागि रोजगारी खुला गरेको छ । नेपाली सेना निर्देशनालयले आज सूचना प्रकाशित गर्दै देशका विभिन्न स्थानमा २९ सय २५ जना सैनिकका लागि माग गरेको हो ।

सूचनाअनुासर निर्देशनालयले काठमाडौंको नारायणहिटी ब्यारेकमा मात्रै ३५० जना सैनिक माग गरेको छ । त्यस्तै, निर्देशनालयले बुटवलको योगिकुटी व्यारेक र कैलालीको तेघरी व्यारेकमा २५०/२५० संख्यामा सैनिक माग गरेको छ । त्यसैगरी, अन्य विभिन्न २५ वटा जिल्लाको व्यारेकमा ५० जनादेखि २ सय जना संख्यामा सैनिक माग गरेको सूचनामा उल्लेख छ ।

आवेदनका लागि सेनाको आधिकारिक वेबसाइटमाबाट अनलाईन दरखास्त फाराम भर्न सक्नेछन् । उक्त फाराम भरिसकेपछि सोको हार्डकपी प्रिन्ट–आउट भर्ना केन्द्रमा बुझाउने स्वंम भर्ना केन्द्रिमा उपस्थित भई दरखास्त भर्ने व्यवस्था गरेको छ । त्यसैगरी, निर्देशनालयले ड्रेडका फलोखर्स पदमा पनि ४२२ जना कर्मचारी माग गरेको छ ।

आवेदन भर्ना इच्छुक नागरिकले आजको मितिबाट आगामी पुस ९ गतेसम्म फाराम भर्न सक्नेछन् । साथै, दोब्बर दस्तुर बुझाई पुस १४ गतेसम्म भर्न पाउनेछन् । आवेदन शुल्क सैनिकका लागि १५० रुपैयाँ र विभिन्न ट्रेडका फलोअर्स पदका लागि एक सय रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु