कामना सेवा विकास बैंकका ग्राहकलाई वेस्टर्न एसियन होटलमा छुट



काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित वेस्टर्न एसियन होटल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


क्लिकमान्डु