दसैं नमनाई काम खोज्न विदेशिए ५६ हजार नेपाली



काठमाडौं । असोजमा वैदेशिक रोजगारीको सिलसिलामा ५६ हजार २३५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार असोजमा नयाँ र पुनः श्रम स्वीकृति लिई ५६ हजार नेपाली विभिन्न ९० वटा देशमा पुगेका छन् ।

असोज महिनामा ३८ हजार ९४२ जनाले नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् भने १७ हजार २९३ जनाले पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् । असोजमा ५६ हजार विदेशिँदा ४९ हजार ३९८ जना पुरुष र ६ हजार ८३७ जना महिला रहेका छन् ।

असोजमा सबैभन्दा बढी युएई पुगेका छन् । विभागको तथ्याङ्कमा असोजमा १३ हजार ९०५ जना मात्रै युएई गएका छन् । त्यसपछि साउदी अरेबियामा ११ हजार १२३ जना, कतारमा १० हजार ६१० जना, मलेसियामा ७ हजार ९०९ जना र कुवेतमा ३ हजार ७८१ जना गएका छन् ।

त्यसैगरी, बहराइनमा ६०८ जना, क्रोसियामा ९७० जना, साइप्रसमा ५३३ जना, जापानमा १ हजार ४८ जना, माल्दिभ्समा ५८३ जना, दक्षिण कोरियामा ४४६ जना, रोमनियामा ७०४ जना र अन्य विभिन्न मुलुकमा नेपाली रोजगारी खोजी गर्दै पुगेका छन् ।

असोजमा ५९ जना उच्च दक्ष नेपाली विदेशिएका छन् । त्यसपछि १०४ जना प्रोफेशनल, ४ हजार ८०८ जना अर्धदक्ष, ३८ हजार ७३८ जना दक्ष र १२ हजार ५२६ जना विदेशिएका छन्


क्लिकमान्डु