सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको निधन
काठमाडौं । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको निधन भएको छ
२७ असोज बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
मनाङ एयरकाअनुसार उनको मंगलबार निधन भएको हो । एयरले विज्ञप्तीमार्फत उनको निधन भएको जानकारी दिएको छ ।