नेपाल प्रहरीमा ३५६ जनालाई रोजगारीको अवसर



काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा ३५६ जनालाई रोजगारीको अवसर खुलेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विकास विभागले सूचना जारी गर्दै ३५६ जनालाई जागिरि खुलाईएको जानकारी दिएको हो । यसमध्ये प्रहरी निरिक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २६० जनालाई जागिर खुलाएको हो ।

कार्यालयकाअनुसार प्रहरी निरिक्षक पदमा ५२ जना खुल्ला, २ जना अमर वा अशक्त प्रहरी परिवार, महिला ९ जना, १२ जना आदिवासी जनजाती, १३ जना मधेशी, ६ जना दलित र २ जना पिडछिएको क्षेत्र गरि ९६ जनालाई जागिर खुलाईएको हो । त्यस्तै, प्रहरी सहायक निरिक्षकमा १४० जना खुल्ला, ५ जना अमर वा अशक्त प्रहरी परिवार, २३ जना महिला, ३६ जना आदिवासी जनजाति ३३ जना मधेशी, १७ जना दलित र ६ जना पिछडिएको क्षेत्र गरि कुल २६० जनालाई रोजगारी खुलाईएको छ ।

कार्यालयकाअनुसार कात्तिक १९ गतेदेखि कात्तिक कात्तिक २९ गतेसम्म् प्रहरी निरिक्षक पदको हकमा अनलाईन प्रणालीमार्फत र प्रहरी सहायक निरिक्षक पदको हकमा सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ । नेपाल प्रहरीका विभिन्न कार्यालयबाट दरखास्त फारम लिन सकिने कार्यालयले जनाएको छ ।


क्लिकमान्डु