होटल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ होटल एन्ड होमसँग सम्झौता गरेको छ । जसअन्तर्गत होटल एन्ड होमको वेबसाइटमार्फत नेपालका विभिन्न होटलमा बुकिङ गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीले १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नजिकिँदै गरेको राष्ट्रिय चाड दसैंतिहार र छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कात्तिक अन्त्यसम्म लागु हुनेछ । आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपाने तथा होटल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।