चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात, अस्पताल भर्ना
काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको हो ।
अस्पतालले मन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको जानकारी गराएको थियो । समयमै अस्पताल पुर्याइएकाले उनी खतरामुक्त रहेको सचिवालयले जनाएको छ ।
गृहमन्त्री श्रेष्ठलाई मंगलबार दिउँसोदेखि नै असहज भए पनि रातिमात्र अस्पताल लगिएको हो । उनलाई अस्पतालले चौबीस घन्टाका लागि अब्जरभेसनमा राखेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका हुन् ।