सानिमा बैंकको साधारणसभा आज



काठमाडौं । सानिमा बैंकले आज वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा बैंकले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश पेश हुनेछ ।

सभाले लाभाश पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले गत आवको नाफाबाट ९ प्रतिशत बोनस र कर सहित ५.७० प्रतिशत सहित १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बैंकले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ ।

सभाका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु