लगानी भित्र्याउन पुराना कानुन संशोधनका लागि महासंघले पहल गर्छ: चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पुराना र असजिलो हुने कानुन संशोधन गर्न महासंघले पहल गर्ने बताएका छन् । उनले ऐन कानुन संशोधन गरेर लगानी भित्र्याउन सकिने बताए ।
मंगलबार गैरआवासीय नेपाली संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले अहिले पुराना ऐन कानुन संशोधन गर्न लागेको भन्दै यसमा सहकार्य गर्ने बताए ।
‘नेपालमा उद्यमशीलता विकास गर्न लगानी आवश्यक छ,’ उनले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ ।’
गैरआवासीय नेपालीले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै उनले मुलुकका लागि थप लगानी भित्र्याउन आग्रह गरे ।
एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले कुनै पनि देश विदेशीले नबनाउने भन्दै देश बनाउन नेपाली नै लाग्नु पर्ने बताए । यो पटक तीन जना अध्यक्ष भए पनि एक पटकसम्म झगडा नभएको उनले स्मरण गरे । एनआरएनएमा राजनीति नगर्न आग्रह गर्दै महतोले चुनावसम्म राजनीति गरे पनि चुनावपछि राजनीतिक नगर्न सुझाव दिए ।
संघ कि अध्यक्ष रविना थापाले गैरआवासीय मन्त्रालय खोल्न राष्ट्रपति समक्ष माग गरिन् ।
जन्मभूमिको माटो बेचेको पैसा विदेश नलैजानुस्: कुल आचार्य
संघका अर्का अध्यक्ष कुल आचार्यले बिना ढिलाइ विश्वभर रहेका नेपालीले सहजै नागरिकता पाउने विश्वास ब्यक्त गरे । उनले अब बंशजको आधारमा नागरिकता पाउनु पर्ने बताए । असन्तुष्ट रहेका गैरआवासीय नेपालीलाई अदालत, मुद्दा मामिला गर्न भन्दा पनि सहकार्य गर्न आग्रह गरे । उनले जन्मुभमिको माटो बेचेर पैसा विदेश नलैजान एनआरएनलाई आग्रह गरे ।