पूर्वराजा ज्ञानेन्द्रले दसैंमा सर्वसाधारणलाई टिका लगाइदिने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।
पूर्वराजाको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो ।
विज्ञप्तिमा विजया दशमीका दिन पूर्वराजदम्पत्तिले निर्मल निवासमा अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख छ।
नवरात्रिमा पूर्वराजा काठमाडौंका शक्ति पीठहरुको दर्शनमा जाने गरेका छन् ।