वैदेशिक रोजगार कार्यालय ताहाचलमा अरेबियन भाषा कक्षा सञ्चालन

280
Shares

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंले कर्मचारीका लागि १५ दिने अरेबियन भाषा कक्षाको सुरुवात गरेको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको धेरै श्रम गन्तव्य मुलुकहरू अरेबियन मुलुकहरू रहने गरेको सन्दर्भमा कर्मचारीलाई अरेबियन भाषा कक्षा सञ्चालन गरिनु महत्वपूर्ण हुने निष्कर्षसहित कार्यालयले भाषा कक्षा सञ्चालन गरेको हो ।

कक्षामा कार्यालयमा कार्यरत कर्मचारीको अलावा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीको समेत सहभागिता छ ।

अरेबियन भाषा कक्षाबाट कर्मचारीको दक्षता अभिवृद्धि हुनुका साथै भविष्यमा श्रम स्वीकृति प्रदान गर्नेलगायतका कार्यमा भिसा जाँच, मागपत्र र भिसामा उल्लेख हुने पेसाको जाँचलगायतका विषयमा कर्मचारीको कार्यकुशलता अभिवृद्धि हुने अपेक्षा कार्यालयको छ ।