अब नि:शुल्क कम्पनी दर्ता



काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ताको व्यवस्था कार्यान्वयनमा आएको छ । बजेट सार्वजनिक भएको झन्डै चार महिनापछि सोमबारदेखि नि:शुल्क कम्पनी दर्ताको व्यवस्था कार्यान्वयनमा आएको हो ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता गर्दा लाग्ने दस्तुर मिनाहा गरेको हो ।

संशोधित राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा अब कुनै शुल्क लाग्ने छैन ।

सरकारले युवालाई उद्योग खोल्न प्रोत्साहन गर्ने उद्देश्यले बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । नवप्रर्वतनात्मक र सूचना प्रविधिमा आधारित कम्पनी स्थापना गर्न युवाहरुलाई कठिन नहोस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु