मोहर डिजिटलको अनुमतिपत्र खारेज



काठमाडौं । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गरी मोहर डिजिटलको अनुमति खारेज गरेको जनाएको हो ।

भुक्तानी तथा फर्म्याट ऐन २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फर्छ्यौट विनियमावली ( प्रथम संशोधन २०८०) २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्थाबमोजिम कम्पनीको अनुमतिपत्र खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी उपकरणहरूको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि सूचित गरेको छ ।

मोहर डिजिटलले राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको रूपमा कार्य गर्नेगरी मिति २०७६ असोज ३० गते अनुमति पाएको थियो ।


क्लिकमान्डु