गभर्नर अधिकारी र सेबोन अध्यक्ष हमालबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच भेटवार्ता भएको छ ।

सोमबार भएको भेटवार्टामा गभर्नर अधिकारी र अध्यक्ष हमालबीच पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु