काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कामना सेवाको वित्तीय साक्षरता



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका कर्मचारीलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता प्रदान गरेको हो । ट्राफिक प्रहरीलाई बैंकिङ प्रणाली, बचत तथा कर्जा कारोबार र बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतीकरण दिइएको थियो ।

बैंकका ब्रान्डिङ विभाग प्रमुख शुशील पौडेलले बचतको महत्व, दैनिक जीवनमा गरिने बचत व्यवहार, कर्जासम्बन्धी कारोबार, कर्जा अनुशासन तथा डिजिटल बैंकिङका महत्व, अवसर र चुनौतीबारे जानकारी गराएका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायब प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतको उपस्थिति थियो । कार्यक्रममा एसपी आचार्यले दैनिक जीवनमा बचत गनुपर्ने थाहा भए पनि कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिइएकोमा साक्षरता कार्यक्रम फलदायी भएको बताए ।

बैंकले हाल देशभरका १३५ शाखा, ७७ एटीएम तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु