अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थपियो
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ ।
कम्पनीले निष्कासन गरेको सेयरमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपेर असोज २२ गतेसम्म पुगेको छ ।
कम्पनीले ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिने समय दिएको थियो । कम्पनीले भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयरमा धितोपत्र बोर्डबाट आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यस्तै दोलखा जिल्लामा रहेका बैंकका विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेको छ । बिक्री प्रबन्धकबाट पनि आवेदन दिन सकिने छ ।