सिटिजन्स बैंकले सेयरधनीलाई दशैंअघि नै लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई दशैंअघि नै लाभांश दिने भएको छ ।

बैंंकले असोज २६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले यसअघि प्रस्ताव गरेको सधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले असोज २६ गते सभा बोलाउने निर्णय गरेको छ । सभाका लागि बैंकले असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १४ गतेसम्म कायम रहेका सेयरधनी तोकेका लाभांश पाउनेछन् ।

बैंकले सेयरधनीलाई ५.७९ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले सभामा आर्थिक वर्ष २०७९/८० को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुने जनाएको छ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरेर पारित गर्ने छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव रहेको छ । सभा अमृतभोग पार्टी प्यालेस कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजेदेखि हुनेछ ।


क्लिकमान्डु