एकै महिनामा २६ करोडले घट्यो पुँजीगत लाभकर: साउनमा ४०, भदौमा १४ करोड
काठमाडौं । साउनको तुलनामा भदौमा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकर २६ करोड ८ लाख २२ हजार ५४३ रुपैयाँले घटेको छ ।
साउनमा पुँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ उठेको थियो । भदौमा १४ करोड ६९ हजार २४३ रुपैयाँ मात्र संकलन भएको छ ।
साउनको तुलनामा भदौमा संस्थागत लगानीकर्ताबाट उठ्ने कर, व्यक्तिगत अल्पकालीन र व्यक्तिगत दीर्घकालीन लगानीकर्ताबाट उठ्ने कर घटेको छ ।
साउनमा व्यक्तिगत अल्पकालीन लगानीकर्ताबाट २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ थियो । भदौमा ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँमा सीमित भएको छ ।
दीर्घकालीन लगानीकर्ताबाट साउन मसान्तसम्ममा १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । भदौमा ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ उठेको छ ।
संस्थागत लगानीकर्ताले साउनमा ७ करोड ४५ लाख ९४ हजार ६२ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । भदौमा ६७ लाख ९०१ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।
दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । साउनमा २४ दिन सेयर कारोबार भएको छ भने भदौमा १८ मात्रै सेयर कारोबार भएको छ ।