आईपीओ जारी गरेर पुँजी बढाउँदै माउण्ट कैलाश इनर्जी
काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गरेर पुँजी बढाउने भएको छ ।
कम्पनीले असोज २४ गतेका लागि सातौं र आठौं बार्षिक साधारण सभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गरेर पुँजी बढाउने प्रस्ताव लैजाने भएको छ । यो प्रस्ताव पारित भएपछि आईपीओ निष्कासन गरेर पुँजी बृद्धि योजना लागू हुनेछ । सभा आईपीओ जारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिने भएको छ ।
यस्तै सभामा पुँजी संरचना परिवर्तन गर्ने, सञ्चालक समितिका सदस्यहरुको संरचना परिवर्तन गर्ने, आर्थिक वर्ष २०७८/०७९ र आव २०७९/०८० को सञ्चालक समितिको बार्षिक प्रतिवेदनमा छलफल गरेर स्वीकृत गर्ने, उक्त आवको लेखा परीक्षण प्रतिवेदन, आय व्यय विवरणमा छलफल गर्ने र स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।
यस्तै आव २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ । यो प्रस्ताव पारित गरेपछि कार्यान्वयमा जाने छ ।