हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, १० जनाले पाए २१ कित्ता सेयर
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । आईपीओमा आवेदन दिएका योग्य आवेदकमध्ये १ लाख २१ हजार ३८७ जना आवेदकले २० कित्ताका दरले सेयर हात पारेका छन् ।
२० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये १० जनालाई १ कित्ताका दरले सेयर थप पाएका छन् । १ लाख २१ हजार ३७७ जनाले १० कित्ता र १० जनाले २१ कित्ताका दरले सेयर हात पारेका छन् ।
आईपीओमा १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएका थिए । १२ लाख ६७ हजार हजार ७०९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
कम्पनीले भदौ २१ देखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिएको थियो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो ।
आईपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, हाथवे इन्भेष्टमेन्टको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।