सूर्य कुण्ड हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडको सेयर निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

सूर्य कुण्डले स्थानीयबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

दुई संस्थाबीच नियुक्तिसम्बन्धी सम्झौता बुधबार भएको छ । सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु