मिड सोलु हाइड्रोपावरको आईपीओ निष्कासन



काठमाडौं । मिड सोलु हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आजदेखि निष्कासन भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ६ करोड २१ लाख १७ हजार २ सय रुपैयाँको ६ लाख २१ हजार १७२ कित्ता साधारण शेयर निष्कासन गरेको छ ।

आईपीओमा छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सकिने छ । मिड सोलुले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँड भइसकेको छ ।

त्यस्तै जारी पुँजीको १० प्रतिशत अर्थात् ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयरमध्ये १०० अंकित दरका ७४ हाजार ८४० कित्ता साधारण सेयर विदेशमा रोजगारीमा रहेका नेपालीलाई निष्कासन तथा बाँडफाँड गरिएको छ ।

उक्त सेयर बाँडफाँडपश्चात् कर्मचारीलाई १४ हजार तथा सामूहिक लगानी कोषका लागि ३७ हजार ४२० कित्ता सुरक्षित गरिएको छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु