भारतीय सेयर बजार अहिलेसम्मै उच्च विन्दुमा



काठमाडौं । भारतमा शेयर बजार मापक परिसूचक सेन्सेक्स र निफ्टी अहिलेसम्मकै उच्च बिन्दुमा पुगेका छन् ।

भारतिय सञ्चार माध्यमका अनुसार बिहीबार शेयर बजारमा कारोबार हुँदा बिएसई इण्डियाको शेयर बजार मापक इन्डेक्स सेन्सेक्स ६७ हजार ७७१ अंकमा पुगेको थियो । जुन कारोबारको क्रममा अहिलेसम्मको उच्च विन्दु हो ।

यसअघि गत जुलाई कारोबारको क्रममा सेन्सेक्स ६७ हजार ६१९ मा पुगेको थियो । बिहीबार सेन्सेक्सले उक्त रेकर्ड तोडेको हो।

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार सेन्सेक्स ६७ हजार ५१९ अकंमा पुग्दा शेयर बजार बन्द भएको छ । उक्त अंक क्लोजिङको अहिलेसम्मकै उच्च विन्दु हो । बुधबारको तुलनामा सेन्सेक्स ५२ अंकले बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि शेयर बजारमा तीब्र गिरावट आउँदा बजार बन्द हुने क्रममा सेन्सेक्समा गिरावट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार भारतको अर्काे शेयर बजार नेसनस स्टक एक्सचेञ्जको बजार मापक परिसूचक निफ्टी पनि अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार निफ्टी २० हजार १६७ अंकमा पुगेको हो ।

यसअघि मंगलबार निफ्टी अहिलेसम्मकै उच्च २० हजार ११० अंकमा पुगेको थियो । बिहीबार बजार बन्दु हुँदा पनि निफ्टी अहिले सम्मको उच्च विन्दुमा पुगेको हो ।

भारतीय सञ्चार माध्ययमा अनुसार बिहीबार निफ्टी २० हजार ७० अंकमा पुगेर बन्द भएको हो । यसअघि अहिलेसम्मको उच्च विन्दु १९ हजार ९९६ थियो ।


क्लिकमान्डु