प्रतिफलमा अब्बल एभरेष्ट बैंक, १४ वर्षमा दियो औषत ३७.६७ प्रतिशत लाभांश



काठमाडौं । कुनै पनि कम्पनीको सेयरमा तपाई किन लगानी गर्नुहुन्छ ? पक्कै पनि आकर्षक प्रतिफलको अपेक्षामा । तपाईंको अपेक्षा पूरा गर्दै आएको छ एभरेष्ट बैंकले। एभरेष्ट बैंक लाभांशमा निकै अब्बल देखिएको छ ।

विगत १४ वर्षको अवधिमा बैंकले सेयरधीहरुलाई १०.३२ देखि ७३.६८ प्रतिशतसम्म लाभांश दिएको छ । यो अवधिलाई हेर्दा बैंकले सेयरधनीलाई औषतमा ३७.६७ प्रतिशत लाभांश दिएको छ ।

बैंकले मर्जरमा नगई सेयरधनीलाई उच्च प्रतिफल दिइरहेको छ । २०५१ साल कात्तिक १ गतेदेखि सञ्चालनमा एभरेष्ट बैंक अहिले सबैभन्दा कम कम अर्थात् ०.७९ प्रतिशत खराब कर्जा भएको बैंक हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/८० को नाफाबाट सेयरधनीलाई लाभांश समेत घोषणा गरिसकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने घोषण गरेको हो ।

भदौ २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

गत लाभांश आर्थिक वर्ष २०७८/७९ मा २०.६८ प्रतिशत लाभांश दिएको थियो। जुन गत आवको भन्दा केही बढी हो । गत आवको नाफाबाट बैंकले २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकले नगद ७.६८ र बोनस १३ प्रतिशत दिएको थियो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी १०.३२ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले आव २०७६/७७ मा १०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस बोनस ५ र नगद ५.५३ प्रतिशत रहेको थियो ।

आव २०७५/७६ मा २५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ५ र नगद २० प्रतिशत दिएको थियो । उक्त आवमा बैंकले बोनसभन्दा पनि नगद लाभांशमा बढी दिएको थियो । बैंकले आव २०७४/७५ मा बोनस नदिई २० प्रतिशत नगद मात्रै दिएको थियो ।

बैंकले आव २०७३/७४ मा १.७४ प्रतिशत नगद र ३३ प्रतिशत बोनससहित ३४.७४ प्रतिशत लाभांश दिएको थियो । यस्तै आव २०७२/७३ मा ७० प्रतिशत बोनस र ३.६८ प्रतिशत नगद लाभांश दिएको थियो । बोनस र नगद गरी ७३.६८ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले आव २०७१/७२ मा ३६.५८ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ३० र नगद ६.५८ प्रतिशत रहेको थियो ।

आव २०७०/७१ मा ६२.६३ प्रतिशत लाभांश दिएको थियो । जसमा नगद ५०.५३ र बोनस १२ प्रतिशत रहेको थियो । बैंकले आव २०६९/७० मा ६०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १० र नगद ५०.५३ प्रतिशत रहेको थियो । आव २०६८/६९ मा ३१.५८ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस सेयर ३० र १.५८ प्रशित नगद लाभांश दिएको थियो ।

बैंकले आव २०६७/६८ मा ६०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा नगद ५०.५३ र बोनस १० प्रतिशत रहेको थियो । यस्तै आव २०६६/६७ मा बैंकले ६० प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ३० र नगद ३० प्रतिशत रहेको थियो ।


क्लिकमान्डु