आर्थिक संकटबीच ४० लाख सिरियाली बालबालिका विद्यालय फर्कंदै



एजेन्सी । युद्ध, विनाशकारी भूकम्प र गहिरो आर्थिक संकटको सामना गर्दै सरकार नियन्त्रित क्षेत्रमा रहेका करिब ४० लाख सिरियाली विद्यार्थी आइतबार विद्यालय फर्केका छन् ।

तर, संयुक्त राष्ट्रसंघका अनुसार धेरै शैक्षिक सुविधा क्षतिग्रस्त वा नष्ट भएको र ९० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको देशमा धेरै बालबालिकालाई राख्ने कक्षाकोठासमेतको अभाव छ ।

सिरियाको शिक्षा मन्त्रालयले शनिबार विद्यालयहरूलाई विद्यार्थीका लागि आवश्यक लगानी कम गर्न ‘विद्यालय पोसाकका लागि कडा नियम लागू नगर्न आग्रह गरेको राज्य सञ्चालित समाचार संस्था सानाले जनाएको छ ।

करिब ३७ लाखभन्दा बढी विद्यार्थीका लागि १४ हजार ५०५ विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र २०२३/२०२४ सुरू भएको छ ।

सिरियामा सन् २०११ पछि भएको रक्तपातपूर्ण द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ, लाखौं मानिस विस्थापित भएका छन् र देशलाई आर्थिक संकटमा धकेलेको छ ।


रवि धिताल