काठमाडौं र ललितपुरका यी ठाउँमा आज दिनभर लोडसेडिङ



काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ। नेपाल विद्युत प्राधिरणका अनुसार ति क्षेत्रमा साढे ८ घन्टा बिजुली अवरुद्ध हुने भएको हो ।

टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले टेकु तथा के-थ्री सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सञ्चालन गर्ने जनाकारी दिएको छ ।


क्लिकमान्डु