भ्रष्टाचारको अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार बनाऔँः मन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभामा बिहीबार मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताए । उनले भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने धारणा राखे ।

उनले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने तर्क गरे । मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने जिकिर गरे ।

उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानुनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानुन निर्माणको चरणमा रहेको जानकारी गराए ।


रवि धिताल