बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ



मकवानपुर । बागमती प्रदेशमा भदौको पहिलो सातासम्म ९३ प्रतिशत वर्षे धान रोपाइँ सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकृत अनुप अधिकारीका अनुसार प्रदेशका सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । काठमाडौँ उपत्यकासहित तीन जिल्लामा भने शतप्रतिशत रोपाइँ भएको उनले बताए ।

प्रदेशका १३ वटै जिल्लाका गाउँपालिका र नगरपालिकाको सहयोगमा खेतीयोग्य जमिनको माटोको अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ ।


रवि धिताल