नेपाल टेलिकमको फोन तथा इन्टरनेट कार्यालय नै नगई जोड्न सकिने



काठमाडौं । नेपाल टेलिकमको फोन तथा इन्टरनेट जडान गर्न अब कार्यालय नै नगए पनि हुने भएको छ ।

टेलिकमका अनुसार टेलिकमको एनटी फाइबर (एफटीटीएच) सेवा जडान गर्न सेवाग्राहीले घरमै बसेर सम्पर्क गरेर सेवा लिन सक्नेछन् ।

टेलिकमका अनुसार १९८ नम्बरमा निःशुल्क फोन गरेर घरमै बसी-बसी इन्टरनेट र फोन सेवा जडान गर्न सकिनेछ ।


रवि धिताल