एकैदिन बुद्ध एयरका दुईवटा विमानमा समस्या, भैरहवा उड्न लागेको विमान ट्याक्सी वे बाट फर्काइयो



फाइल तस्बिर

काठमाडौं । काठमाडौंबाट भैरहवा उड्न लागेको बुद्ध एयरको विमानमा समस्या देखिएको छ । बुधबार बेलुका ८:३० मा काठमाडौंबाट भैरहवा उड्न लागेको बुद्ध एयरको बीएचए ८०५ नम्बरको विमानमा समस्या देखिएको छ ।

भैरहवा उडानका लागि पार्किङबाट ट्याक्सी वेमा पुगेको विमानको इन्डिकेसनमा समस्या आएपछि  ट्याक्सी वे बाट पार्किङमा फिर्ता भएको छ । अहिले विमानमा भएको समस्याको विषयमा जाँच भइरहेको स्रोतले जानकारी दियो ।

आज बिहान पनि काठमाडौंबाट जनकपुर उडान नं ५०२ बाट जनकपुर उडेको ९ एन-एजेओ विमानमा पनि प्राविधिक समस्या देखिएको थियो ।

नेकपा एमालेमा शीर्ष नेता चढेको उक्त विमानमा समस्या देखिएपछि विमानलाई काठमाडौंमा अवतरण गराई यात्रुलाई अर्को विमानबाट जनकपुर पठाइएको थियो ।

एकै दिन दुईवटा विमानमा समस्या देखिनु गम्भीर भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी बताउँछन् ।


रवि धिताल