नेपाल र पाकिस्ताबीचको क्रिकेट हेर्न जनकपुर उपमहानगरले दियो बिदा

378
Shares

काठमाडौं । जनकपुरधाम उप-महानगरपालिकाले नेपाल र पाकिस्तानबीचको एसिया कप प्रतियोगिता हेर्नका लागि विद्यालयहरु बिदा दिएको छ ।

सीमित साधन स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एशिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको कुरा भएको भन्दै उपमहानगरले आज नेपालले पाकिस्तासँग एशिया कपको पहिलो खेल खेल्न लागेकोले टिमको हौसला बढाउन विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउन २:०० बजे पछि कुनै पनि कक्षा संचालन नगरी बिदा गर् विद्यालयहरुलाई निर्देशन दिएको छ ।

पहिलो पटक एशिया कप खेल्न लागेको नेपाली टोली आज दिउँसो ३ बजेपछि पाकिस्तानसँग पहिलो खेल खेल्दै छ ।