संखुवासभामा ४० मेगावाटको संखुवाखोला हाइड्रोपावर बन्ने



सांकेतिक

काठमाडौं । कोशी प्रदेशको संखुवासभास्थित सिचिचोङ गाउँपालिकामा ४० मेगावाट क्षमताको माथिल्लो संखुवाखोला जलविद्युत आयोजना बने भएको छ ।

विद्युत विकास विभागकाअनुसार उक्त जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादनका लागि ह्याप्पमी इनर्जी प्रालिले अनुमति पत्रका लागि दरखास्त दिएको हो ।

सूचनाकाअनुसार सिचिचोङ गाउँपालिकाको वडा नम्बर २ र ४ भएर बग्ने संखुवा खोलामा यो जलविद्यूत आयोजना बन्न लागेको हो । आयोजनाको विस्तृत परियोजा प्रतिवेदन (डीपीआर) निर्माण गर्ने कम्पनी ह्याप्पी इनर्जी प्रालिले २०२२ डिसेम्बरमा तयार गरेको विभागले जनाएको छ ।

यो आयोजना नदी प्रहावमा आधारित हुनेछ भने जडित क्षमता ४० मेगावाट क्षमताको रहनेछ । यसको डिजाइन बहाव ९.६१ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ५१६ मिटर रहनेछ । आयोजनाबाट वार्षित सरदर २३५.४० गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ ।

आयोजनाका मुख्य संरचनाहरु लुनसुन खोला र संखुवा खोलाको बायाँ किनारमा निर्माण गरिनेछ । पानीलाई विद्युत उत्पादनका लागि फर्काउनका लागि बनाइने मुख्य बाँध २६ मिटर हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युतलाई १९ किमि लामो २२०/१३२ केभीको प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको सितलपाटी सबस्टेसनमा जडान गरिनेछ । आयोजनाबाट २०८५ को जेठ ३० गतेबाट विद्युत उत्पादन हुने गरि काम गरिने प्रस्ताव गरिएको विभागले जनाएको छ ।


क्लिकमान्डु