एमसीसी अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि धादिङमा जग्गा अधिग्रहण गरिँदै

525
Shares

काठमाडौं । अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले ४ सय केभी प्रसारण लाइन निर्माणका लागि धादिङका विभिन्न स्थानीय तहमा जग्गा अधिग्रहणको काम सुरु भएको छ।

जिल्ला प्रशासन कार्यालय, धादिङले एक सूचना जारी गर्दै विद्युत प्रसारण लाइन आयोजाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्ड तथा रातमाटे सबस्टेसनदेखि नयाँ दमौली खण्डअन्तर्गतका विभिन्न क्षेत्रमा पर्ने जग्गाहरु अधिग्रहण गर्न लागिएको जानकारी दिएको हो ।

सूचनाकाअनुसार धादिङ जिल्लाको निलकण्ठ नगरपालिका, गल्छी, थाक्रे, सिद्धलेक, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा पर्ने जग्गाहरु अधिग्रहण गर्न लागिएको हो ।

सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।