खडेरीले श्रीलंकामा २० हजार हेक्टरमा लगाएको धानबाली नष्ट



एजेन्सी । श्रीलंकामा खडेरीका कारण २० हजार  हेक्टरभन्दा बढी धानखेती नष्ट भएको छ । कृषिमन्त्री महिन्दा अमराविराले खडेरीले धानको गाछ खेतमै नष्ट भएका बताए ।

देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने भने उनको भनाइ छ । दक्षिण एसियाली देश श्रीलंकाको प्रमुख बाली खाद्यान्न धान हो । श्रीलंकामा वर्षमा दुईपटक धानखेती गरिन्छ ।

यो याममा पाँच लाख तीन हजार हेक्टरभन्दा बढी धानखेती भएको र अहिले त्यसलाई भित्र्याउन थालेको मन्त्री अमरावीराले बताए । श्रीलंकाको मौसम विभागले देशका केही स्थानमा दैनिक पानी पर्ने तथा अधिकांश ठाउँमा अर्को महिनाको अन्त्यसम्म सुक्खा रहने पूर्वानुमान गरेको छ ।


रवि धिताल