कालीप्रसाद बाँस्कोटा क्यानडामा गुन्जिने



काठमाडौं । संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा क्यानाडामा गुञ्जिने भएका छन् । आउँदो सेप्टेम्बर १६ मा आँगन इभेन्टको प्रस्तुतिमा आयोजना हुने समारोहमा कालीले आफूद्वारा संगीतबद्ध तथा स्वरबद्ध गीत प्रस्तुत गर्नेछन् ।

‘हेल्लो क्यानाडा म आउँदै छु । भेटेर रमाइलो गर्नुपर्छ है’, कालीले भिडियोमा सम्बोधन गर्दै भनेका छन् ।

क्यानाडास्थित मिसीसागा सहरमा हुने प्रस्तुतिलाई लिएर दर्शक प्रतीक्षित रहेको आँगन इभेन्टका अध्यक्ष ज्ञान भण्डारीले जानकारी दिए ।

उनले भने, ‘कालीजीको लोकप्रियता र क्यानाडामा रहेका नेपालीमाझ रहेको क्रेजलाई मध्यनजर गर्दै टुर आयोजना गरेका हौँ । यहाँ हुने विविध कार्यक्रममा उहाँका गीत गुञ्जिने गरेका छन् ।’ कालीले फिल्ममा दिएको गीतसंगीत स्रोतामाझ लोकप्रिय छ ।

यसअघि जुलाईमा अध्यक्ष भण्डारीसहितको टिमले ‘सकम्बरी साँझ’को आयोजना सफलतापूर्वक सम्पन्न गरेको थियो । आउँदो इभेन्ट पछिल्लोभन्दा पनि ग्रान्ड हुने उनको विश्वास छ ।

इभेन्टमा कालीप्रसादसँगै गायिका मौसमी गुरुङ, लोकगायक मानसिंह खड्का, गायिका पवित्रा कार्की र गायिका सरू देउजाले गायन प्रस्तुत गर्दै छन् भने मोडल सुधिर श्रेष्ठ र मनोज बिकले नृत्य प्रस्तुत गर्नेछन् ।


क्लिकमान्डु