भारतीय गायक जावेद अलिको गायनमा गुञ्जिदैं काठमाडौं



काठमाडौं । भारतका चर्चित गायक जोवद अलिले काठमाडौंमा आफ्नो प्रस्तुती दिने भएका छन् । शुक्रबार साँझ सोल्टी होटलस्थित प्रीभे नेपालमा अलिको प्रस्तुत रहनेछ ।

अलिले चलचित्र ‘रकस्टार’ को ‘कौन फाया कौन’ चलचित्र ‘गजनी’ को ‘गुजारिश’ चलचित्र ‘रांझना’ को ‘तुम तक’ चलचित्र ‘बजरंगी भाईजान’ को ‘तु जो मिला’ लगायतका ५०० भन्दा धेरै हिन्दी गीतका प्लेब्याक गायन गरिसकेका छन् ।

लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको जावेद अली लाइभ इन नेपालका लागि उनी नेपाल आएका हुन् । शुक्रबारको कार्यक्रममा सामेल हुनका लागि नेपाली वालेट ‘माई पे’बाट टिकट काट्न सकिने आयोजकले जनाएका छन् ।


क्लिकमान्डु