ठूला करदाता कार्यालयको जिम्मेवारी जनक शर्मालाई, ज्ञवाली मन्त्रालयमा तानिए



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला करदाता कार्यालयको जिम्मेवारी जनक शर्मालाई दिएका छन् । गत माघमा अर्थ मन्त्रालयमा प्रवेश गरेर पनि शर्माले कुनै जिम्मेवारी पाएका थिएनन् ।

मन्त्री महतले ५५० करदाताबाट एक वर्षमा २ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने कार्यालयको जिम्मेवारी शर्मालाई दिएका हुन् । हाल सहसचिव रहेका शर्मा राजस्व समूहका अधिकृत र उपसचिव हुन् । 

हाल ठूला करदाता कार्यालयको प्रमुख रहेका राजेश्वर ज्ञवालीलाई अर्थ मन्त्रालय तानिएको छ । ज्ञवाली गत भदौ १० गते ठूला करदाता कार्यालय प्रमुख भएका थिए ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ज्ञवालीलाई करदाता कार्यालयको प्रमुखको जिम्मेवारी दिएका थिए ।


क्लिकमान्डु