सुन प्रकरणमा पार्टीको आधिकारिक धारणा बनाउन एमालेले बोलायो बैठक



काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक क्विन्टल अवैध सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

सुन प्रकरणमा संसदीय दलको बैठकले तय गर्ने धारणाअनुसार प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने एमालेको तयारी छ । संसद बैठक आजै बस्दै छ ।

सुन प्रकरणमा अध्यक्ष केपी शर्मा ओलीले नै पत्रिकामा आफ्नो फोटो छापेको भनेर दिएको अभिव्यक्ति विवादित बनेको छ ।

त्रिभुवन विमानस्थलबाट बाहिइसकेको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो । अवैध सुन आयात प्रकरणमा हालसम्म विमानस्थलकै अधिकृतहरुसहित १६ जना प्रकाउ परिसकेका छन् ।


क्लिकमान्डु