सेयर बजार स्थिर, १२३ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । सेयर बजार स्थिर बनेको छ । सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक १.३१ अंकले बढेर परिसूचक २१६३.९२ बिन्दुमा रोकिएको छ ।
२६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको १.२५, विकास बैंक १०.६९, हाईड्रोपावर २२.३८, उत्पादन तथा प्रशोधन ८२.०२, टे«डिङ समूहको उपसूचक ११७.६६ अंकले बढेको छ ।
कारोबारमा वित्त १५.६९, होटल २१.४६, जीवन बीमा १२२.०६, माइक्रोफाइनान्स २५.२९, निार्जीबन बीमा १३२.०७, अन्य समूहको उपसूचक ७.५५ अंकले घटेको छ ।
कारोबारमा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड २३ लाख १७ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोल्टी होटल र हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ ।