सेयर बजारमा सामान्य सुधार, १०१ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

कारोबार सुरु देखि नै देखिएको उतार चढाबमा बजारमा सामान्य सुधार देखिएको छ । यो दिन बजार मापन गर्ने सूचक ९.९१ अंकले बढेर परिसूचक २१५४.०७ बिन्दुमा रोकिएको छ ।

२२५ कम्पनीको ८६ लाख ७६ लाख ४३८ कित्ता सेयर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार कारोबारमा बैंकिङ समूहको १३.७४, जीवन बिमा १८.८४, उत्पादन तथा प्रशोधन ७७.९६, माइक्रोफाइनान्स १७.८७, निर्जीबन बिमा १७८.७३, अन्य समूहको उपसूचक ७.७१ अंकले बढेको छ ।

कारोबारमा विकास बैंक ३५.६०, वित्त ४.१२, होटल ८६.३१, होटल ९.९२, ट्रेडिङ समूहको उपसूचक ९.३६ अंकले घटेको छ ।
कारोबारमा बिपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै युनाइटेड अजोड इन्स्योेन्स कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

शुभम पावर कम्पनी, युनिलिभर नेपाल, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कारोबार रकमका आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड ७७ लाख ३९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कारोबारमा १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०६ कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु