रास्वपा उपसभापति डीपी अर्याललाई धम्की दिने युवक पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई धम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
असार २९ गते राति १:२६ बजे टाङको मजुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे म्यासेजमार्फत धम्की दिएको भन्दै अर्यालले प्रहरुमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा कालिकोटेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दानबहादुर कार्कीले कालिकोटेलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका कालिकोटेविरूद्ध थप अनुसन्धान भइरहेको उनले बताए ।