पशुपति क्षेत्र विकास कोषलाई प्रभु बैंकले गर्‍यो १७ लाखको गाडी सहयोग



काठमाडौं । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गाडीको चावी हस्तन्तरण गरेका हुन् ।

औपचारिक कार्यक्रमका बीच गाडीको साँचो हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइएको १७ लाख मूल्यको गाडी फोहोर उठाउन प्रयोग गरिनेछ ।


क्लिकमान्डु